पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा | भदौ १६, २०८०

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा:   पाल्पाको तानसेन -१२ गाइघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च  ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भइ दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 


घाइतेहरूको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


तीन दिनअघि पनि गाइघाट नजिकै जोर्तेमा स्कार्पियो जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा तीन जनाको मृत्यु भएको थियो । 

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्